समाचार

केन्दीय सदस्यको २३ औं नम्बरमा प्रचण्ड, १०१ मा पम्फा भुसाल

१८ पुष २०७८, आईतवार १६:०२
केन्दीय सदस्यको २३ औं नम्बरमा प्रचण्ड, १०१ मा पम्फा भुसाल

१८ पुस,काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २३६ जना केन्द्रीय सदस्यको नाम घोषणा गरेका छन् ।

प्रचण्डले त्यसक्रममा केन्द्रीय सदस्यको सूचीमा आफ्नो नाम पनि वाचन गरे ।  उनले खुला तर्फ २३ नम्बरमा आफ्नो नाम वाचन गर्दा १०१ औं नम्बरमा पम्फा भुसालको नाम वाचन गरे । प्रचण्डले विभिन्न क्लस्टर अनुसार केन्द्रीय सदस्यहरुको नाम प्रस्तुत गरेका हुन् ।

विधानअनुसार समानुपातिकतर्फ १५४ र खुलातर्फ १४५ केन्द्रीय सदस्य हुनेछन् । र, बाँकी केन्द्रीय सदस्य मनोनित गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्