समाचार

सहकारी छानबिन संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै

१४ श्रावण २०८१, सोमबार १३:२४
सहकारी छानबिन संसदीय समितिले गृहमन्त्री र आइजीपीसँग छलफल गर्दै

१४ साउन,काठमाडौं। सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आज गृहमन्त्री रमेश लेखक, गृह सचिव एकनारायण अर्याल, आइजीपी बसन्त कुँवरसँग छलफल गरिरहेको छ।

 सिंहदरबारस्थित समितिको कार्यकक्षमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । समितिको आजको बैठकमा गृहमन्त्री रमेश लेखक, प्रहरीका आइजीपी बसन्तबहादुर कुँवर र गृहसचिव एकनारायण अर्याल पनि उपस्थित भएका छन् ।

‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ’, उनले भने, ‘सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’

देश-विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपीलाई चाँडो पक्राउ गरी दिन समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

यस्तै छानबिन समिति संयोजक सूर्यबहादुर थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेलमा भएकाको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए ।गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्