मुख्य समाचार

स्कुल बस दुर्घटना अपडेट : दुइ मृतक र २८ घाइतेको परिचय खुल्यो

१४ श्रावण २०८१, सोमबार १३:०८
स्कुल बस दुर्घटना अपडेट : दुइ मृतक र २८ घाइतेको परिचय खुल्यो

१४ साउन, पोखरा। पोखराको फुस्रेखोलामा भएको एलपी देवकोटा मेमोरिय इंग्लिस बोर्डिङ स्कुलको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ।

दुर्घटनामा परी आमाछोराले ज्यान गुमाएका छन् ।पोखरा–२१, रामादीका विद्यार्थी ६ वर्षीय प्रिन्स विक र सोही विद्यालयमा सहयोगीका रूपमा कार्यरत एवं उनकी आमा ३३ वर्षीया आरती विकको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ ।

आज बिहान करिब ८ः ५५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं. २१ गुड्कुस्थित भित्री सडकखण्डमा रामदीबाट पोखरा तर्फ आउँदै गरेको देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलको ग १ क ६२१९ नं. को स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने अन्य २८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बस चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो। पोखराका तीन अस्पतालमा घाइते २८ जनाको उपचार भइरहेको छ । बसमा शिक्षक, अभिभावक समेत सवार थिए ।

– पोखरा–२१ का नौ वर्षीय अनमोल विक – अवस्था मध्यम ।
– पोखरा–२१ का पाँच वर्षीय रोशन बराल – अवस्था मध्यम ।
– पोखरा–२१ का १४ वर्षीय दिप्सन कार्की – अवस्था मध्यम ।
– पोखरा–२१ की ६ वर्षीया योना गुरुङ – अवस्था मध्यम ।
– पोखरा–२१ की १३ वर्षीया डिना गुरुङ – अवस्था सामान्य ।
– पोखरा–२१ की १५ वर्षीया प्रकृति कार्की – अवस्था मध्यम ।
– पोखरा–२१ का ६ वर्षीय प्रिन्स राना – अवस्था सामान्य ।
– पोखरा–२१ की सात वर्षीया चिजा विक – अवस्था सामान्य ।
– पोखरा–२१ का नौ वर्षीय प्रवेश कार्की – अवस्था मध्यम ।
– पोखरा–२१ की १२ वर्षीया विसिका पौडेल – अवस्था मध्यम ।
– पोखरा–२१ का ११ वर्षीय विश्वास पौडेल – अवस्था सामान्य ।
– पोखरा–२१ की १२ वर्षीया सिम्रन विक – अवस्था मध्यम ।
– पोखरा–२१ का ११ वर्षीय विवश खत्री – अवस्था मध्यम ।

पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाइते–
– पोखरा–२१ की आठ वर्षीया अनन्या पौडेल – अवस्था मध्यम ।
– पोखरा–२१ की तीन वर्षीया सिमन मगर – अवस्था मध्यम ।
– पोखरा–२१ का तीन वर्षीय न्युजन मगर – अवस्था मध्यम ।
– पोखरा–२१ का सात वर्षीय रिजन मगर – अवस्था मध्यम ।
– पोखरा–२१ का १२ वर्षीय रामकृष्ण नेपाली – अवस्था मध्यम ।
– पोखरा–२१ की दुई वर्षीया अंकित खत्री – अवस्था मध्यम ।
– पोखरा–२१ की १४ वर्षीया सीतादेवी विक – अवस्था मध्यम (छोरेपाटन सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी) ।
– पोखरा–२१ का सात वर्षीय अस्मित विक – अवस्था मध्यम ।
– पोखरा–२१ की ३० वर्षीया सुमित्रा सुनार – अवस्था मध्यम (बच्चाको शुल्क तिर्न आएकी अभिभावक) ।
– पोखरा–२१ का दुई वर्षीय निर्दोष सुनार – अवस्था मध्यम ।
– पोखरा–२१ की ३० वर्षीया सपना आले – अवस्था मध्यम (शिक्षक) ।
– पोखरा–२१ का ११ वर्षीय निश्चल सुनार – अवस्था मध्यम ।

मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाइते–
– पोखरा–१७ का ५५ वर्षीय टेकबहादुर भुजेल – अवस्था मध्यम (बसका चालक) ।
– पोखरा–२१ का आठ वर्षीय निशान सुनार – अवस्था सामान्य ।
– पोखरा–२१ का पाँच वर्षीय सागर थापा – अवस्था मध्यम ।

प्रतिक्रिया दिनुहोस्