समाचार

एकीकृत समाजवादीको केन्द्रीय समिति आज

१४ श्रावण २०८१, सोमबार १२:५८
एकीकृत समाजवादीको केन्द्रीय समिति आज

१४ साउन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १:०० बजे बस्ने भएको छ ।

पदाधिकारीका आकांक्षी धेरै भएपछि अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनाललाई सकस परेको हो । खनाल भने छनोट प्रकृयामा सहभागी छैनन् । तर पनि खनालसँग पदाधिकारी माग्न जानेको संख्या भने कम छैन ।

वरिष्ठ उपाध्यक्षमा डा. बेदुराम भुषाल, राजेन्द्र पाण्डेले नछाडेपछि नेपाल संकटमा परेका छन् । त्यसैगरी उपाध्यक्षका आंकाक्षीहरु पनि धेरै रहेका छन् । असार २१ गते ९३ सदस्यीय केन्द्रीय समिति बनाएको सो पार्टीले २९९ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएर केन्द्रीय पदाधिकारी चयन गर्ने अवस्थामा पदाधिकारीको आंकाक्षीको पार्टी कार्यालयमा लर्को लागेको छ ।

प्रतिक्रिया दिनुहोस्