समाचार

सत्ता गठबन्धनलाई हामीले लगाएका आराेप पुष्टि हुँदै छन्-सांसद ढकाल

१३ श्रावण २०८१, आईतवार १४:०९
सत्ता गठबन्धनलाई हामीले लगाएका आराेप पुष्टि हुँदै छन्-सांसद ढकाल

१३ साउन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपाल प्रहरीका डीआईजी मनोज केसीको सरुवा भएकोप्रति आपत्ति जनाएका छन् ।

संसद बैठकमा बोल्दै रास्वपा सांसद हरि ढकालले विश्वासको मत लिएको दुई दिनभित्र अब्बल राष्ट्रसेवकको सरुवा गरिएको बताए । ‘अनुसन्धान गर्नुपर्नेहरूलाई मन्त्री पुरस्कार दिइयो । प्रदेशमा गुण्डा नाइके र हातहतियारका मुद्दामा संलग्न रहेकालाई मन्त्री बनाइएको छ,’ उनले भने, ‘डीआइजी मनोज केसीलाई विश्वासको मत लिएको दुई दिनभित्रमा सरुवा गरिएको छ । सत्ता जुन कुराका लागि बनेकाे हाे त्याे देखिएकाे छ ।’

किन केका लागि हामीले यो सरकार किन र कुन उदेश्यले बनेको भनेर प्रश्न गरिरहँदा जुक तर्क प्रस्तुत गरेका थियौं त्यसैलाई पुष्टि भयो’ उनले भने ‘कांग्रेसका महामन्त्रीले असार १० गते एउटा पोष्ट गर्नुभयो । प्रहरी निरिक्षकको सरुवाबारे गलत भाष्य निर्माण गर्नका लागि । म आज डीआईजी केसीको सरुवाबारे तपाई बोल्न सक्नुहुन्छ यो सदनमा ? सक्नुहुन्न’ ।

सांसद ढकालले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले विश्वासको मत लिँदा रास्वपालाई नातिनातिनाको संज्ञा दिएको भन्दै आपत्ति जनाएका छन् । उनले आफूहरु ओलीले भनेकोजस्तो अपूताली खाने नातिनातिना नभएको जिकिर गरे ‘यसरी हामीले जनभावना विपरितका कार्यमा जनताका आवाजहरु सदनमा राखिरहँदा नातिनातिनाको संज्ञा दिईन्छ ।

प्रतिक्रिया दिनुहोस्