समाचार

आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

१३ श्रावण २०८१, आईतवार ०७:४१
आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

१३ साउन, काठमाडौँ। आज आइतवार काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिइएको छ ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौँ उपत्यका मेयर्स फोरमले काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए । विकासप्रेमी एवं समाजसेवीका रूपमा परिचित उनी २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । उनको मिर्गौला रोगका कारण मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्