समाचार

काठमाडौं उपत्यकाका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा

१२ श्रावण २०८१, शनिबार ११:४२
काठमाडौं उपत्यकाका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा

१२ साउन, काठमाडौँ। काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तहमा आइतबार सार्वजनिक बिदा हुने भएको छ।

कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको निधनको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक भोलि बिदा दिने निर्णय गरेको हो।

बिहीबार निधन भएका नकर्मीको शोकमा फोरमले उपत्यकाभरका पालिकाहरूमा साउन १३ गते आइतबार बिदा दिने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । उपत्यकाका विभिन्न पालिकाहरुले सूचना जारी गर्दै त्यस दिन आफ्नो क्षेत्रका वडा कार्यालय, विद्यालयलगायतका कार्यालयहरू बन्द रहने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्