समाचार

सुनसरी नेकपा एमालेका इन्चार्ज धर्मराज निरौलासहित ३०० सयले छाडे एमाले, समाजवादीमा प्रवेश

१८ पुष २०७८, आईतवार १५:१४
सुनसरी नेकपा एमालेका इन्चार्ज धर्मराज निरौलासहित ३०० सयले छाडे एमाले, समाजवादीमा प्रवेश

१८ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा नेकपा (एमाले)बाट विद्रोह गरी वर्तमान केन्द्रीय कमिटी सदस्यसमेत रहेका सुनसरीका पूर्वसांसद धर्मराज निरौलासहित नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेका छन् ।

एमालेको चितवन महाधिवेशन अघिसम्म  निरौला सुनसरी नेकपा एमालेका इन्चार्ज थिए। सुनसरीबाट वर्तमान केन्द्रीय कमिटी सदस्य एक, प्रदेश कमिटी सदस्य नौ, जिल्ला कमिटीका सदस्य ३० सहित विभिन्न तहका ३०० सय जना नेता नेकपा (एमाले) परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘टिममा केही कुरा मिलाउनु पर्ने भएकोले सार्वजनिक हिसाबले नआएको मात्रै हो,’ एमाले छोड्ने तयारीमा रहेका एक नेताले भने, ‘आइतबार माधवकुमार नेपाल सहभागी हुने एक कार्यक्रमकाबीच थुप्रै साथीहरूले एमाले छोड्दै हुनुहुन्छ।’

उनीहरूलाई अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीमा आयोजित कार्यक्रमका बीच पार्टीमा स्वागत गरे । सो अवसरमा बोल्दै नेपालले सच्चा कम्युनिष्टहरू नेकपा (एकीकृत समाजवादी)मा आवद्ध हुने लहर चलेको बताउँदै वैकल्पिक शक्तिको रुपमा पार्टी स्थापित हुने बताए ।

प्रतिक्रिया दिनुहोस्