खेलकुद

महिला एसिया कप क्रिकेट : भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

८ श्रावण २०८१, मंगलवार १९:४४
महिला एसिया कप क्रिकेट : भारतविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

८ साउन, काठमाडौं। महिला एसिया कप २०२४ मा भारतविरुद्ध नेपालले फिल्डिङ थालेको छ। भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गरेको हो।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तानले युएईलाई पराजित गर्दै ३ खेलमा दोस्रो जित हासिल गरेको छ । त्यस्तै युएईले भने सबै तीन खेलमा हार बेहोरेको छ ।नेपालसँगको खेलमा भारतले आफ्नी कप्तान हरमनप्रीत र पूजा वस्त्रकारलाई आराम दिएको छ। नेपालले पनि दुई खेलाडी परिवर्तन गरेको छ।

भारतीले पाकिस्तानलाई ७ विकेटले र युएईलाई ७८ रनले पराजित गर्दै आफ्ना अघिल्ला दुवै खेलमा जित हासिल गरेको थियो। उसले नेपालविरुद्ध पनि यस्तै नतिजा खोज्नेछ। पहिलो खेलमा युएईमाथि ६ विकेटको जित हात पारेको नेपाल दोस्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो।

प्रतिक्रिया दिनुहोस्