प्रदेश

बागमतीका मुख्यमन्त्रीको बुधवार शपथ ग्रहण

८ श्रावण २०८१, मंगलवार १९:३७
बागमतीका  मुख्यमन्त्रीको बुधवार शपथ ग्रहण

८ साउन, काठमाडौं। बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा तामाङ नियुक्त भएका छन्।

बुधवार बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौँडामा हुने तय भएको हो ।  मङ्गलवार साँझ ५ बजे प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र काँग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ ।  लामासहित १३ मन्त्रीको शपथ ग्रहण पनि बुधवार नै हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबीच मन्त्रालयको भागबन्डा मिलिसकेको छ । एमालेले नयाँ बन्ने मन्त्रीको सूची नै जिम्मेवारीसहित सार्वजनिक गरिसकेको छ । कांग्रेसभित्र भने मन्त्री छनौटको रस्साकस्सी जारी छ । कांग्रेसले बुधबार बिहानसम्ममा सबै टुंगिसक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्