समाचार

पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ

७ श्रावण २०८१, सोमबार २२:१८
पाँच किलो अफिमसहित ट्रक चालक पक्राउ

७ साउन, काठमाडौं। रुकुम पश्चिममा लागुऔषध अफिससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

आठबिसकोट नगरपालिका–१४ छेपारेबाट सल्यान कुमाख गाउँपालिका–५ का ३२ वर्षे मदनप्रकाश गिरीलाई पक्राउ परेका हुन्। छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकचाँचका क्रममा पाँच किलो ५४५ ग्राम लागुऔषध अफिमसहित गिरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।

उनका अनुसार शनिबार राति ९ बजे गोतामकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे१क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सिटको मुनी चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।

प्रतिक्रिया दिनुहोस्