समाचार

डीआईजी जोशी एआईजी बढुवाका लागि सिफारिस

७ श्रावण २०८१, सोमबार २२:०२
डीआईजी जोशी एआईजी बढुवाका लागि सिफारिस

७ साउन, काठमाडौं। सरकारले नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) रामदत्त जोशीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गर्ने निर्णय गरेको छ ।

गृह मन्त्रालयअन्तर्गत बढुवा समितिको सचिवालयका सदस्य सचिव प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सोमबार सिफारिस सूची प्रकाशित गर्दै यसबारे जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्