अर्थ / वाणिज्य

ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा १० प्रतिशत छुट पाउने

६ श्रावण २०८१, आईतवार १८:१२
ग्लोबल आइएमई बैंकका ग्राहकले इशान अस्पतालमा १० प्रतिशत छुट पाउने

६ साउन, काठमाडौं।  ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच विभिन्न स्वास्थ्य सेवामा छुट प्रदान गर्ने सहमती पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

उक्त समझदारीमा बैंकका प्रमुख बजार अधिकृत दिलिप पोखरेल र अस्पतालका प्रमुख परिचालन अधिकृत श्रीराम पन्तले हस्ताक्षर गरे । उक्त अवसरमा अस्पतालका निर्देशक प्रा. डा. रामनन्दन पी. चौधरीको विशेष उपस्थिति रहेको थियो ।

सम्झौतापत्रमा हस्ताक्षरसँगै ग्लोबल आइएमई बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले इशान हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने भएका छन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

अस्पतालले बैंकका ग्राहकहरुलाई अस्पतालको शैया शुल्क, अस्पताल सेवाहरुः डायगोनेस्टिक, ओ.पी.डी लगायतका सेवाहरु साथ–साथ आकस्मिक सेवाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्