समाचार

महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

६ श्रावण २०८१, आईतवार १७:५४
महिला एसिया कपमा भारतको लगातार दोस्रो जित

६ साउन, एजेन्सी। महिला एसिया कपमा भारतले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको समूह ए अन्तरगतको खेलमा भारत ७८ रनले विजयी बनेको हो । भारतले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो ।

२०२ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२३ रनमात्र बनायो र ७८ रनले पराजित भयो। दोस्रो ब्याटिङ गरेको यूएईले ११ रनमा पहिलो विकेट गुमाएपछि दह्रो शुरुवात गर्न सकेन। उसका लागि ओपनर इशा ओजाले सर्वाधिक ३८ रन बनाइन्।

प्रतियोगितामा अब भारतले आफ्नो समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालको सामना गर्ने छ भने सोही दिन युएईले पाकिस्तानको सामना गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्