६ साउन, काठमाडौं। बागमतीमा प्रदेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले साउन ८ गते साँझ ५ बजेसम्मको समय दिएर नेपालको संविधानको धारा १६८ (२) अनुसार मिलीजुली सरकार गठनको आह्वान गरेका हुन् ।