राजनीति

प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

६ श्रावण २०८१, आईतवार १७:४३
प्रभु शाहले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

६ साउन, काठमाडौं। स्वतन्त्र सांसद प्रभु साहले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको विपक्षमा मतदान गर्ने बताए । उनले भने, ‘सरकारमा कांग्रेस-एमाले नै भएको र उनीहरूले नै देशलाई घुम्रा बनाएको बताए । कुन नैतिकताको प्रश्न गर्नुहुन्छ तपाईँहरू ? यो विषय स्पष्ट हुनुपर्छ ।

नेपालमा बाह्य सम्बन्ध कस्तो राख्छ ? इन्डियासँगको सम्बन्ध कस्तो हुन्छ ? म आशावादी छु प्रधानमन्त्री तपाइ । हामी चाहन्छौँ नेपालमा स्थिरता होस् । खिचडी संविधान संशोधन होस् । सिस्टममा छलफल गरौँ । नेता जस्तो भएन ।’

उनले ओलीले प्रस्तुत गरेको सरकारको रोडम्यापमा आस्वस्त हुने अवस्था नरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्