समाचार

हरिवंश आचार्य अस्पताल भर्ना

६ श्रावण २०८१, आईतवार १७:३५
हरिवंश आचार्य अस्पताल भर्ना

६ साउन, काठमाडौं। हास्य कलाकार हरिवंश आचार्य अचानक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।

कार्यक्रमका लागि विराटनगर पुगेका आचार्य अचानक अस्वस्थ भएपछि स्थानीय विराट नर्सिङ होममा भर्ना भएका हुन्। उनी अस्वस्थ भएर अस्पताल भर्ना भएपछि उनको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतबहादुर कार्की पनि अस्पताल पुगेका छन्।

विराटनगरस्थित हिमगिरी हाइजिङको ब्राण्ड एम्बेसडर बन्नका लागि तयार पारिएको सहमति पत्रमा हस्ताक्षर गर्न मह जोडी (मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य) शनिवार विराटनगर आएका थिए ।

कलाकार आचार्य आज बिहान काठमाडौं फर्कन कार्यक्रम थियो । त्यसक्रममा उनको नाकबाट रगत बग्न थालेपछि उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्