समाचार

प्रचण्ड परिवारबाट चारजना माओवादी केन्द्रीय सदस्य घोषणा

१८ पुष २०७८, आईतवार १४:२३
प्रचण्ड परिवारबाट चारजना माओवादी केन्द्रीय सदस्य घोषणा

१८ पुस, काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी महाधिवेशनमा केन्द्रीय सदस्यहरुको घोषणा गरेका छन् ।

त्यस्तै, भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाएका हुन् । त्यस्तै बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।  उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस–आर्य पुरुषतर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।

पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा उनले खुल्लातर्फ आफ्नो नाम २३ औं नम्बरमा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्