मनोरञ्जन

सकियो फिल्म ‘तेल भिसा’को छायांकन

६ श्रावण २०८१, आईतवार १६:३६
सकियो फिल्म ‘तेल भिसा’को छायांकन

काठमाडौँ । शंकर घिमिरेको निर्देशन रहेको फिल्म ‘तेल भिसा’को छायांकन सकिएको छ ।

मंसिर ७ बाट प्रदर्शनमा आउने फिल्म ‘तेल भिसा’को छायांकन ३५ दिनमा सकिएको छ । यो फिल्मको ७० प्रतिशत अमेरिका र ३० प्रतिशत नेपालमा भएको थियो ।यसको पहिलो चरणको छायांकन अमेरिकामा भएको थियो ।

फिल्मको ‘इन्डक्ल्याप’ कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल समेत उपस्थित थिइन्। उनले चितवनको भरतपुरमा फिल्मको छायांकन गरेकोमा निर्माण टिमलाई धन्यवाद दिनुका साथै तेल भिसालाई सफलताको शुभकामना समेत दिइन्।

फिल्मले उठाएको विषयवस्तु गहन भएकाले आफू फिल्म हेर्न उत्सुक रहेको समेत बताइन्।  यो फिल्मबाट निर्देशक शंकर घिमिरेले १२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैैछन्।यसअघि ‘विष’, ‘विरताको चीनो’, ‘ब्रेकफेल’ र ‘तुलसी’ फिल्म निर्देशन गरेका घिमिरे अमेरिका उडेपछि फिल्मबाट टाढा भएका थिए ।

फिल्ममा विपिन कार्की पहिलो पटक दोहोरो भूमिकामा देखिएका छन्। विपिन र वर्षाका साथमा ऋचा घिमिरे, पूजा चन्द र बुद्धि तामाङ मुख्य भूमिकामा छन्। वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुति रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ ।

प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको तेल भिसामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्वाजको संगीत, विजय बस्यालको पोस्टर डिजाइन र अजय खड्काको सम्पादन रहनेछ ।

प्रतिक्रिया दिनुहोस्