नेपाली चलचित्र

‘वर एण्ड वधु’ को रोमान्टिक गीत ‘तिमी सँग’ सार्वजनिक

६ श्रावण २०८१, आईतवार १६:२८
‘वर एण्ड वधु’ को रोमान्टिक गीत ‘तिमी सँग’ सार्वजनिक

काठमाडौँ। फिल्म ‘वर एण्ड वधु’ को रोमान्टिक गीत सार्वजनिक गरिएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ‘तिमी सँग’ बोलको गीत सार्वजनिक गरिएको हो।

 गीतमा अन्जु पन्त र प्रताप दासको स्वर रहेको छ। भिडियोमा अभिनेत्री आँचल शर्मा र नव-अभिनेता विवेक कर्माचार्य फिचर्ड छन्। गीतमा एकअर्कासँग जिउने वाचा गरिरहेका उनीहरू रोमान्टिक देखिएका छन्।

अर्जुन पोखरेलको संगीत रहेको यो गीतका शब्द लेखु सहयात्रीका हुन्। ‘वर एण्ड वधु’ मा आँचल र विवेकका साथमा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण के.सी, सरिता लामिछाने, कुसुम शर्मा, सृष्टि खड्का, हिमेश पन्त, दिनेश काफ्ले, यमन श्रेष्ठ, रवीन्द्र खड्का, अंशु महर्जन र सीता न्यौपानेको अभिनय छ।

मिलन चाम्सले निर्देशन गर्दै छन्।  प्रदीप भारद्वाजको लेखन रहेको फिल्मको निर्माता जानुका थापा हुन्। उक्त फिल भदौ १४  रिलिज तयारीमा छ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्