बलिउड

‘कल्की’ले तेड्याे ‘जवान’ को रेकर्ड

६ श्रावण २०८१, आईतवार १६:१४
‘कल्की’ले तेड्याे ‘जवान’ को रेकर्ड

 काठमाडौं।  दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ ले शाहरुख खानको ‘जवान’ को रेकर्ड तोडेको छ।

प्रभास स्टारर यस फिल्मले घरेलु बक्सअफिसमा ६०८.१० करोड भारतीय रुपैयाँ कमाएको छ। प्रदर्शनको २४ औं दिनमा ‘कल्की २८९८ एडी’ ले शाहरुख खानको ‘जवान’ को रेकर्ड तोडेको छ।

जवानले २५ दिनमा ६०० करोड भारु कमाएको थियो। जबकी कल्कीले २३ औं दिनमा ६०० करोड भारु कमाएको थियो।साथै यो फिल्म अब प्रभासको तेस्रो(सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। त्यसैगरि, धेरै कमाउने पाँचौं फिल्म बनेको छ।

यस फिल्म प्रभाससहित यस फिल्ममा दीपिका पादुकोण, अमिताभ बच्चन र कमल हसन मुख्य भूमिकामा छन्। नाग अश्विनको निर्देशनमा बनेको यो फिल्म भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्