मुख्य समाचार

न्युराेडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौं महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्‍याे

६ श्रावण २०८१, आईतवार १५:४२
न्युराेडमा फुटपाथ विस्तारविरुद्ध काठमाडौं महानगर वडा नम्बर २२ ले सडकबाटै सेवा शुरु गर्‍याे

६ साउन, काठमाडौं। अदालतको आदेशपछि शुरु भएको काठमाडौँको न्यूरोडको फुटपाथ विस्तारको काममा स्थानीयले विरोध गरेका छन् ।

न्युरोड क्षेत्रमा महानगरपालिकाले शुरु गरेको सडकपेटी (फुटपाथ) विस्तारविरुद्ध वडा नम्बर २२ ले धर्मपथ सडक खण्डमा पालभित्रबाट सेवा शुरु गरेको हो । न्युरोडमा फुटपाथ विस्तारविरुद्ध यसअघि २२ नम्बर वडाध्यक्ष चिनीकाजी महर्जनसहित स्थानीयवासीले विरोध गर्दै आएकामा वडाले दबाब स्वरूप आजदेखि सडकबाटै सेवा शुरु गरेको हो ।

महानगरले न्युरोड फुटपाथ विस्तार गर्ने निर्णय फिर्ता नलिएसम्म वडाको सबै काम सडकबाटै सञ्चालन गर्नै वडाध्यक्ष महर्जनले बताए ।वडा अध्यक्षहरुसहित स्थानीयले अवरोध गरेपछि महानगरको डोजर पनि न्यूरोडक्षेत्रबाट फर्किएको छ । स्थानीयसहितका वडा अध्यक्षहरुले न्यूरोडको सडक साघुरो बनाउन नहुने भन्दै फुटपाथ विस्तारको विरोध गरिरहेका छन् ।

यसअघि पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि फुटपाथ विस्तारको काम अगाडी बढाएको यो । त्यस्तै फुटपाथ विस्तारको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि रोकिएको थियो । सडकलाई पैदलयामैत्री बनाउन महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर जेठ ११ गतेदेखि काम थालेको थियो ।

प्रतिक्रिया दिनुहोस्