राजनीति

लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

६ श्रावण २०८१, आईतवार १५:३७
लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले दिए राजीनामा

६ साउन, काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा पछि मुख्यमन्त्रीमा नेकपा एमालेले दाबी पेश गर्ने तयारी गरेको छ ।

लुम्बिनी प्रदेश सभाका १० दल र एक स्वतन्त्र मध्ये ८ दल र ४८ सदस्यको समर्थनमा चैत २३ गते महरा मुख्यमन्त्री बनेका थिए । नयाँ समीकरण अनुसार सरकार बनाउन एमालेले महरालाई दिएको समर्थन फिर्ता लिएपछि असार २० गतेदेखि उनी अल्पमतमा परेका थिए ।

एमालेले समर्थन फिर्ता लिएपछि उनको अहिले उनको समर्थनमा माओवादीका १०, नेकपा एकिकृत समाजवादीका १ र जनमोर्चाको एक गरी १२ जनाको मात्र समर्थन रहेको छ । स्पष्ट अल्पमतमा परेपछि उनले प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।

राजीनामा दिएपछि प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गरेमा गिरीले आज नै मुख्यमन्त्रीमा दावी पेश गर्ने एमाले प्रमुख सचेतक चौधरीले बताए ।८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा एमालेका २९ र कांग्रेसका २७ सांसद भएकाले दुई दल मिल्दा स्पष्ट बहुमत पुग्छ ।

प्रतिक्रिया दिनुहोस्