प्रदेश

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

६ श्रावण २०८१, आईतवार १५:३०
बागमतीका मुख्यमन्त्री जम्कट्टेलले दिए राजीनामा

६ साउन, काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट राजीनामा दिएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।

आफू पक्षमा बिश्वासको मत नपुग्ने देखिएपछि संसदमा सम्बोधन गरेर मुख्यमन्त्री जम्मकट्टेलले राजीनामा दिने बताएका हुन्।उनले रोष्टमबाटै राजीनामा पत्र पढेर सुनाउँदै राजीनामा दिएको घोषणा गरे।

सरकार अल्पमतमा परेसँगै उनले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका थिए । तर, प्रदेश सभा बैठकमा सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् । उनले राजीनामा दिएसँगै बागमतीमा अब नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले सरकारले नेतृत्व गर्ने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्