मुख्य समाचार

प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

६ श्रावण २०८१, आईतवार १४:४५
प्रधानमन्त्रीद्वारा प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

६ साउन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक जारी छ।

जारी बैठकमा प्रधानमन्त्रीओलीले नेपालको संविधानको धारा ७६ को उपधारा ४ बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेस गरेका हुन् ।

बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको प्रस्ताव प्रस्तुत गरिरहेका छन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भएकाले सबै दलका नेतासहितका सांसदहरू उपस्थित छन्।

प्रतिक्रिया दिनुहोस्