राजनीति

ओलीले संसदबाटै सार्वजनिक गरे ७ बुँदे सहमति, २ वर्ष सरकारको नेतृत्व गर्ने

६ श्रावण २०८१, आईतवार १४:४२
ओलीले संसदबाटै सार्वजनिक गरे ७ बुँदे सहमति, २ वर्ष सरकारको नेतृत्व गर्ने

६ साउन, काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँग भएको ७ बुँदे सहमति प्रतिनिधिसभाको बैठकमा सार्वजनिक गरेका छन् । विश्वासको मत लिने प्रस्ताव पेश गर्नुअघि ओलीले ७ बुँदे सहमति सार्वजनिक गरेका हुन् ।

दुई दलबीच भएको सहमति सार्बजनिक गर्दै आफु दुई बर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि देउवा प्रधानमन्त्री बन्ने बताएका हुन् । सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने, संविधान संशोधनमा प्राथमिकता दिने, विश्वसनीय व्यवसायिक वातावरण तयार गर्ने, न्युनतम साझा कार्यक्रम तय गर्ने,  समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने र दुई वर्षसम्म केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ मंसिरमा हुने चुनावसम्म शेरबहादुर देउवाले नेतृत्व गर्ने रहेको संसदलाई जानकारी दिएका छन् ।

यस्तै अर्थतन्त्रमा देखिएको सुस्तता हटाएर चलायमान बनाउने, विदेशी लगानी आकर्षित गरेर देशमै रोजगारी सृजना गर्ने, अहिलेको सरकार दुई वर्ष एमालेले र बाँकी समय नेपाली कांग्रेसले चलाउने तथा सङ्घीय सरकारमा जस्तै प्रदेश सरकारहरू पनि मिलेर चलाउने सहमति भएको प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्