समाचार

कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

६ श्रावण २०८१, आईतवार ०८:४३
कांग्रेस संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

६ साउन, काठमाडौँ। सत्तारुढ नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्नेछ ।

बैठक संघीय संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वर काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्याउने कसरत गरिरहेका छन् ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

बैठक दिनको १२ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनको ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । गत असार १७ गते कांग्रेस र एमाले मिलेर नयाँ समीकरण बनाएसँगै गत असार ३० गते एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्