नेपाली चलचित्र

‘लाज शरणम्’को औपचारिक घोषणा, ‘जिग्री’ निर्देशन गर्ने

६ श्रावण २०८१, आईतवार ०८:२९
‘लाज शरणम्’को औपचारिक घोषणा, ‘जिग्री’ निर्देशन गर्ने

६ साउन, काठमाडौँ। चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ फिल्म निर्माणको औपचारिक घोषणा गरेको छ । शुक्रबार काठमाडौं पत्रकार सम्मेलनको आयोजना गर्दै सक्किगोनि टिमले फिल्म ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरेको हो।

कलाकार कुमार कट्टेलको जन्मदिनको अवसरमा चलचित्र ‘लाज शरणम्’ निर्माणको औपचारिक घोषणा गरिएको हो । चलचित्र कुमारले निर्देशन गर्नेछन् । चलचित्रमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले) कमलमणि नेपाल (खुपिका बाउ), माला लिम्बू, विजय बराल र मुकुन्द श्रेष्ठको मुख्य भूमिका रहनेछ ।

गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन । शुक्रबार घोषणा कार्यक्रममा कुमार कट्टेल (जिग्री) ले फिल्मको निर्देशन गर्ने जानकारी गराइयो । यसमा उनी स्वयंको लेखन छ । कुमारले यसअघि ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’मा पनि अभिनयसहित लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

महाशिवरात्रीको दिन पारेर आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) छन् भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू छन् । कुमारको भने अभिनय रहने वा नरहने तय छैन । यद्यपि, उनको केमियो भूमिका हुनसक्ने बताइएको छ ।

भदौं तेस्रो सातादेखि छायांकनमा जाने तयारीमा रहेको फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याइने जनाइएको छ। कार्यक्रममा निर्देशक कुमार कट्टेलले जिम्मेवार भएर राम्रो फिल्म बनाउन मेहनत गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्