नेपाली चलचित्र

फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

६ श्रावण २०८१, आईतवार ०८:२३
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक

६ साउन, काठमाडौँ। निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

गीतको संगीत, शब्द र संयोजन जयन जे वाइवाको छ । इन्द्रकला राईले स्वर दिएकी छन् । गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।

भिडियोमा स्वस्तिमा फिचर्ड छिन् । उनीसहित सिम्रन खड्का र निश्चल पनि फिचर्ड छन् । कोरियोग्राफी शेखर घर्ती मगरले गरेका हुन् । दशैं छेकोमा प्रदर्शन तयारीमा रहेको यो फिल्ममा बसुन्धरा भुषाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइबा र कुशल पोखरेलको संगीत रहेको छ ।

हेर्नुहोस भिडियो:

प्रतिक्रिया दिनुहोस्