समाचार

माओवादीका तीन केन्द्रीय आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चुनिए

१८ पुष २०७८, आईतवार ११:५४
माओवादीका तीन केन्द्रीय आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चुनिए

१८ पुस, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले तीन केन्द्रीय आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत चुनेको छ। प्रज्ञाभवन कमलादीमा जारी आठौं राष्ट्रिय महाधिवेशनले अनुशासन, लेखा र निर्वाचन आयोगका प्रमुख टुंगो लगाएको हो ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निर्वाचन मण्डलका सदस्यलेले लेखा, निर्वाचन, अनुशासन आयोगका सदस्यहरूको नाम प्रस्तुत गरेका छन् । निर्वाचन मण्डलले प्रस्तुत गरेका निर्वाचन, लेखा र अनुशासन आयोगका प्रमुखको नाम पारित भएको छ ।
तीनवटै आयोग २५ सदस्यीय छ। आयोगका सदस्यहरुलाई केन्द्रीय कमिटी बैठकमा उपस्थित हुन पाउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्