मुख्य समाचार

प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबीच भेटवार्ता

४ श्रावण २०८१, शुक्रबार १७:२८
प्रचण्ड, माधव नेपाल र रवि लामिछानेबीच भेटवार्ता

४ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधव नेपाल र रास्वपाका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।

माओवादी संसदीय दलको कार्यालयमा तीन नेताबीच अहिले छलफल चलिरहेको छ । कांग्रेससँग मिलेर प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिँदैछन् । एमालेले कांग्रेससँग मिलेपछि तीनै दल सत्ताबाट बाहिरिएका छन् ।

कांग्रेस एमाले गठबन्धनलाई अधिकांश सबै साना दलले समर्थन गरे पनि माओवादीसहित रास्वपा र नेकपा एस विपक्षमा देखिएका छन् । तीन शीर्ष नेताबीच पछिल्ला विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे छलफल भइरहेको बुझिएको छ । छलफलमा माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा उपसभापति डिपी अर्याल पनि सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्