खेलकुद

महिला एसिया कप : युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

४ श्रावण २०८१, शुक्रबार १६:४८
महिला एसिया कप : युएईले नेपाललाई दियो ११६ रनको लक्ष्य

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कपको पहिलो खेलमा नेपालले यूएईबाट जितका लागि १ सय १६ रनको बलियो लक्ष्य प्राप्त गरेको छ । नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।

श्रीलंकाको रंगिरि डाम्बुला अन्तरराष्ट्रिय रंगशालामा टस हारेर शुरुवाती ब्याटिङमा तानिएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनायो। यूएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रनको योगदान गरिन् । कविशा इगोडागेले २२ तथा समीरा धरणिधर्कले १३ रनको योगदान गरिन्। कप्तान ईशा रोहित ओजा १०, तीर्थ सतीश र  हिना हीतचन्दानीले ९/९  रन बनाउँदा रिनिता राजित ६ रनमा पभेलियन फर्किएकी छन्।

नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभरमा १९ रन खर्चेर ३ विकेट लिइन् । कृतिका मरासिनी, सबनम राई र कविता जोशीले १-१ विकेट हात पारे । रुविना क्षेत्रीले ४ ओभरमा १८ रन र सिता रानामगरले ३ ओभरमा १२ रन मात्र खर्चिए ।

प्रतिक्रिया दिनुहोस्