खेलकुद

युएईविरुद्ध नेपाललाई पहिलो सफलता

४ श्रावण २०८१, शुक्रबार १४:५०
युएईविरुद्ध नेपाललाई पहिलो सफलता

४ साउन, काठमाडौं । युएईविरुद्धको खेलमा नेपाललाई पहिलो सफलता मिलेको छ। दोस्रो ओभरको पाँचौं बलमा युएईका इशा ओजालाई नेपालले रनआउट गरेको हो। ओजाले दुई चौकासहित ११ रन बनाइन्।

 उनलाई नेपाली टोलीकी बलर सबनम राईले ६ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरिन् । ३.१ ओभरमा रिनिथालाई गुमाउँदा यूएईले २१ रन बनाएको छ । नेपालले टस जिती संयुक्त अरब इमिरेट्स (यूएई) लाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

त्यसअघि, यूएईले पहिलो विकेटका रुपमा कप्तान एसा ओजालाई गुमाएको थियो । उनी रनआउट भई पेभेलियन फर्किएकी थिइन् । सबनम राईले फालेको पाँचौँ बलमा ओजा रन लिन दौडिएकी थिइन् । तर, बल फिल्डरको हातमा पुगेपछि उनी पुनः फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्