भिडियो

गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक

४ श्रावण २०८१, शुक्रबार ०८:२२
गायक यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक

काठमाडौं । गायक, अभिनेता तथा फिल्म निर्देशक यश कुमारको नयाँ गीत हिरो बुधबार राजधानीमा आयोजित एक समारोहबीच भिडियोसहित सार्वजनिक गरिएको छ।

‘हिरो’मा गीतमा गायक यश कुमारकै शब्द, संगीत र स्वर रहेको छ । भिडियोमा अभिनेतृ गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ । साथै, गीतको भिडियोमा गायक यश कुमार पनि अतिथीय भूमिकामा देखिएका छन् ।

गीतको भिडियोमा दीपेन्द्र सोनाम, रोजेन सुन्दास र गरिमा शर्माले अभिनय गरेका छन्। भिडियोको अन्त्यमा गायक यश कुमार सरप्राइज प्याकेजमा रूपमा देखिन्छन्।

भिडियो निर्देशक निकेश खड्काले निर्देशन गरेका छन्। यश र निकेशको यो पाँचौ सहकार्य हो। भिडियोमा हरि हुँमागाईंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

गायक यश कुमारले पछिल्लो समय सानो सानो विषयलाई लिएर आत्माहत्याका घटना बढेकाले आफूलाई यो मुद्दा उठाउनुपर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए। सोही कार्यक्रममार्फत गायक यश कुमारले आफ्नो २६ वर्ष पूरानो सुपरहिट गीत ‘हिजो अर्कैसँग देखेँ’को ‘फिमेल भर्सन’ पनि सार्वजनिक गरेका थिए ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया दिनुहोस्