समाचार

रहिनन् पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ

३ श्रावण २०८१, बिहीबार १३:४३
रहिनन् पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ

३ साउन, काठमाडौं। काठमाडौंको बत्तीसपुतलीमा रहेको हेरिटेज होटल द्वारिकाजकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ ।

उपचारको क्रममा उनको ९१ वर्षको उमेरमा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा उनको निधन भएको हो ।श्रेष्ठ नेपालको पर्यटन, मिडिया र सांस्कृतिक सम्पदा संरक्षण लगायतका क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । नेपालस्थित स्पेनको महावाणिज्य दूतावासको प्रमुखको रुपमा ररहनुभएकी उहाँको विवाह द्वारिका प्रसाद श्रेष्ठसँग भएको थियो ।

पतिको सन् १९९१ मा निधन भएपछि उहाँले पूर्ण रूपमा द्वारिकाज होटेलको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो । उनले महामहिम राजा जुआन कार्लोस प्रथम (स्पेन)बाट क्रस अफ द अर्डर अफ सिभिल मेरिटको अलंकार प्राप्त गर्नुभएको छ । उनका दुई छोरीहरु हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्