नेपाली चलचित्र

फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन सकियो

३ श्रावण २०८१, बिहीबार १२:५७
फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन सकियो

काठमाडौं । यस वर्षको बहुप्रतीक्षित फिल्म ‘छक्कापञ्जा ५’ को छायांकन बुधबार सकिएको छ । काभ्रेको पनौती क्षेत्रमा फिल्मको अन्तिम दृश्य खिचियो ।

निर्माण युनिटले एक गीतको छायाङ्कन बाँकी राख्दै  ५१औँ दिनमा फिल्म सकाएको हो । फिल्मको बाँकी गीत भदौमा छायाङ्कन हुने निर्देशक दीपाश्री निरौलाले बताइन् । छायांकन सेटबाट प्राप्त तस्वीरमा निर्देशक दीपाश्री निरौलालाई छायांकन टुंगिएपछि क्ल्याप बोर्ड समात्दै प्रसन्न भावमा देख्न सकिन्छ । काभ्रे, सिन्धुली र पोखरा आसपासमा ५१ दिनसम्म छायांकन चलेको थियो ।

अभिनेता तथा निर्माता दीपकराज गिरीले समग्रमा छायांकनलाई लिएर उत्साह व्यक्त गरे । सोसल–कमेडी जनरामा बनिरहेको यो फिल्म छायांकन लगत्तै पोस्ट–प्रोडक्सनमा जानेछ ।

यो फिल्ममा दीपकसहित केदार घिमिरे ‘माग्ने बूढा’ र वर्षा सिवाकोटीको पनि प्रमुख भूमिका छ । फिल्मका अन्य कलाकार सार्वजनिक गरिएको छैन । सबै कलाकारलाई रिलिजकै क्रममा जानकारी दिने तयारीमा दीपक-दीपा छन् ।

प्रतिक्रिया दिनुहोस्