समाचार

बानेश्वरमा गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो निस्कियाे

३ श्रावण २०८१, बिहीबार ०६:५४
बानेश्वरमा गुडिरहेको बसबाट एक्कासी धुँवाको मुस्लो  निस्कियाे

३ साउन, काठमाडौं । काठमाडौंको नयाँबानेश्वरमा गुडिरहेको एक बसबाट धुँवाको मुस्लो निस्किएपछि यात्रुहरुलाई ओरालिएको छ ।

भक्तपुरबाट काठमाडौंतर्फ आइरहेको प्रदेश ३ ०१ ००५-ख ९५५४ नम्बरको सार्वजनिक बस बानेश्वर चोकमा गुडिरहेको अवस्थामा बसबाट निस्केको धुँवाको मुस्लो निस्केको छ ।

धुँवा निस्केको देखेपछि यात्रुहरू सबै झरेको र चालकले बस स्टार्ट बन्द गर्दा पनि केही बेरसम्म स्टार्ट बन्द नभएतापनि बस आगलागी हुनबाट जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्