समाचार

चीनमा चौध तले सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

३ श्रावण २०८१, बिहीबार ०६:३६
चीनमा चौध तले सपिङ सेन्टरमा आगलागी, १६ जनाको मृत्यु

३ साउन, काठमाडौं। चीनमा एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ।

बुधबार साँझ चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको जिगोंग सहरस्थित १४ तले भवनमा रहेको सपिङ मलमा आगलागी भएको हो। सरकारी मिडियाका अनुसार आगजनीको यो घटना चीनको सिन्हुआन प्रान्तको जिगोङ शहरमा भएको हो।

रिपोर्टका अनुसार बुधबार साँझ लागेको आगलागीबाट ३० जनाको उद्धार गरिएको छ । घटनास्थलमा राति नै राहत तथा उद्धार कार्य सम्पन्न भएको छ। हाल आगलागीको कारण खुल्न नसकेको तर प्रारम्भिक अनुसन्धानका अनुसार भवनमा निर्माणाधीन कामका कारण आगलागी भएको हो।

चीनको सरकारी मिडिया र सामाजिक सञ्जालमा उपलब्ध भिडियोमा यस भवनको चारैतिर कालो धुवाँ देखिएको छ।

प्रतिक्रिया दिनुहोस्