नेपाली चलचित्र

‘कार्साङ’को वर्कसपमा दयाहाङ, एक सातापछि छायाङ्कन सुरु

२ श्रावण २०८१, बुधबार ०७:५५
‘कार्साङ’को वर्कसपमा दयाहाङ, एक सातापछि छायाङ्कन सुरु

काठमाडौं।फिल्म ‘कार्साङ’को केही दिन देखि काठमाडौंमा कार्यशाला (वर्कशप) चलिरहेको छ । कलाकार र निर्देशकीय टिमको उपस्थितिमा फिल्मको वर्कसप सुरु भएको हो।

उनी वर्कसपमा जोडिएसँगै निर्माण टिमले फिल्मको छायांकनको तयारी समेत सुरू गरेको छ। केही महिनाअघि बौद्ध भिक्षुहरूबाट स्क्रिप्ट पूजा गरेर शुभमुहूर्त गरिएको फिल्म आगामी साताबाट छायांकनमा जाने तयारी रहेको निर्माण पक्षले जनाएको छ।

यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा फिल्म निर्माण हुन लागेको हो।  सामाजिक कथावस्तुमा निर्माण हुने फिल्ममा दयाहाङसहित सिर्जना निङ्लेकु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, छिरिङ शेर्पा र सरिता गिरीको अभिनय रहनेछ। सिर्जना र छिरिङले यसै फिल्ममार्फत डेब्यु गर्न लागेका हुन्।

सृजनाले केही म्युजिक भिडिओमा काम गरेकी छिन् भने छिरिङले शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा अभिनयसमेत गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी सो ‘डान्सिङ स्टार नेपाल सिजन २’को विजेता समेत हुन् ।

यस्तै, फिल्ममा माओत्से गुरुङ, पुष्कर गुरुङ, सम्राट क्षेत्री, राशी लिम्बु, सोहन थापा, कर्मा शेर्पा, छोकी शेर्पा, पवन गोले, सञ्जय ढुंगाना र सृष्टि ढुंगानाको पनि अभिनय रहने छ ।

यस फिल्मलाई यम शेर्पाले निर्देशनमा गर्दै छन् । उनको यो डेब्यू निर्देशन फिल्म हो । फिल्ममा उनी स्वयंको कथा, पटकथा तथा संवाद रहेको छ । शेर्पाले यसअघि थुप्रै छोटा फिल्मको निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्