समाचार

सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

२ श्रावण २०८१, बुधबार ०७:४९
सिमलताल पहिरोः मृतकका परिवारलाई एक लाख दिइने

२ साउन, काठमाडौं। मधेस प्रदेश सरकारले त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने घोषणा गरेको छ ।

मधेस प्रदेशका मुख्यमन्त्री शतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए ।

“दुर्घटनामा परी ज्यान गुमाउनेका पीडितपरिवारलाई राहत दिने घोषणा गरेका छौँ”, मुख्यमन्त्री सिंहले भने, “मुख्यमन्त्री कार्यालयले घोषणा गरिसकेको छ ।” मुख्यमन्त्री सिंहले प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्