समाचार

न्युरोडमा फेरि अगाडि बढ्यो फुटपाथ बढाउने काम

२ श्रावण २०८१, बुधबार ०७:४३
न्युरोडमा फेरि अगाडि बढ्यो फुटपाथ बढाउने काम

२ साउन, काठमाडौं। उच्च अदालतको आदेशपछि काठमाडौँ महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि सुरु गरेको हो ।

यस अगाडि सडक डिभिजन कार्यालय र काठमाडौं महानगरबीच आपसी समन्वयन नहुँदा विवाद भएको थियो । मापदण्ड अनुसार नभएको भन्दै काठमाडौं महानगरपालिकाले न्यूरोडको जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको सडकको दायाँबायाँ सडक काटेको थियो । महानगरको कदम कानुन विपरित भएको भन्दै सडक डिभिजन कार्यालयले उक्त क्षेत्रको सडक मर्मत गर्दै पुन: कालोपत्रे गरेको थियो।

विवादका बीच रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वयको संयुक्त इजलासबाट महानगरपालिकाले माग गरे बमोजिमको अन्तरिम आदेश दिएपछि पुन : विभागले गरेको पिच भत्काएर काम अगाडि बढाइएको हो। आज डोजर लगाएर सडकको दायाँबायाँ भत्काउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्