नेपाली चलचित्र

नेपाली कथानक चलचित्र ‘खुस्मा’को गीत ‘खुसीका पल बटुलेर’ रिलिज

२ श्रावण २०८१, बुधबार ०२:०८
नेपाली कथानक चलचित्र ‘खुस्मा’को गीत ‘खुसीका पल बटुलेर’ रिलिज

२ साउन, काठमाडौं। नेपाली कथानक चलचित्र ‘खुस्मा’को गीत रिलिज भएको छ । ‘खुसीका पल बटुलेर’ बोलको गीत रिलिज भएको हो ।

एसडी योगीको संगीतमा तयार भएको प्रेमिल गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको युगल स्वर छ । गीत राम अविरल विष्टले लेखेका हुन् । गीतमा फिल्मका शीर्ष कलाकार धिरज मगर तथा उपसना सिंह ठकुरीको मिठासपूर्ण प्रेमाभाव देख्न सकिन्छ । गीतको भिडियोमा पूर्वी रुकुमका सुन्दर दृश्यहरू कैद गरिएको छ। यस्तै गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन् ।

अशोक थापामगर फिल्मका लेखक-निर्देशक हुन् । यसअघि केही डकुमेन्ट्री फिल्म लेखन तथा निर्देशन गरेका थापाको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू फिल्म हो । असोज ३ गते रिलिज हुनेछ ।

धिरज र उपासनासँगै माओत्से गुरुङ, खड्क बहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापालगायत कलाकारको अभिनय छ । चलचित्र असोज ३ गते रिलिज हुनेछ ।

हेर्नुहोस भिडियो 

प्रतिक्रिया दिनुहोस्