मुख्य समाचार

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

२ श्रावण २०८१, बुधबार ०१:५८
आज तीन वटा संसदीय समितिको बैठक बस्दै

२ साउन, काठमाडौं। संघीय संसद्अन्तर्गत बुधबार तीन समितिको बैठक बस्दै छ।

 जसअन्र्तगत अहिले विहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूलप्रवाहमा मधेशी समुदायको समावेशिताको अवस्था र मधेशी आयोगले खेलेको भूमिकाका विषयमा छलफल गर्ने कार्यसूची छ।

त्यस्तै, शिक्षा समितिमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि संशोधनकर्तासँग छलफल गरिने सम्भावित कार्यसूची छ ।त्यसैगरी संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान साढे ११ बजेका लागि बोलाइएको छ । बैठकमा समितिको कार्य प्रभावकारिताको लागि उपसमिति गठनका विषयमा छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्