मुख्य समाचार

दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने

१ श्रावण २०८१, मंगलवार ०८:४९
दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने

१ साउन, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा ५ दिनपछि पुगेका छन् ।

मंगलबार बिहान घटनास्थल पुगेर घटनाको विवरण एवं उद्दार कार्यका बारेमा जानकारी लिएका हुन्। सो क्रममा उद्दारकार्यका लागि सुरक्षाकर्मीसँग पर्याप्त दक्षता रहेपनि साधन श्रोत भने अझै अपुग देखिएको सुरक्षा निकायले जानकारी गराएका थिए।

लामिछानेले सिमलतालको अवस्थाका बारेमा आफूले वर्तमान गृहमन्त्रीलाई जानकारी गराउने बताए। प्राकृतिक प्रकोपको क्षति न्यूनीकरणका लागि कार्यविधि नै बनाएर विपतको तयारी गरेपछि सिमलताल घटना अप्रत्याशित रहेको उल्लेख गरे।

अन्य स्थानमा पूर्व तयारीका कारण यसपटक धनजनका क्षति कम भएको भन्दै प्रयाप्त नभएको उनको भनाइ छ। गृहमन्त्री रहेका बेला उनले उद्धारमा तीव्रता दिन निर्देश दिएका थिए । गृहमन्त्रीबाट हटेलगत्तै उनी सिमलताल पुगेर बेपत्ताका आफन्तलाई पनि भेटेका हुन् ।चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका उनी त्यति ठूलो घटनापछि उनी सिमलताल नपुगेको भन्दै आलोचना भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्