मनोरञ्जन

रवि ओडले पाए वैवाहिक बलात्कारको मुद्दाबाट सफाइ

१ श्रावण २०८१, मंगलवार ०८:३८
रवि ओडले पाए वैवाहिक बलात्कारको मुद्दाबाट सफाइ

१ साउन, काठमाडौं। गायक रवि ओडले वैवाहिक जबरजस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । श्रीमतीले दायर गरेको मुद्दामा उनले कञ्चनपुर जिल्ला अदालतबाट सफाइ पाएका हुन् ।

परिवर्तित नाम ७५ झलारी २९ कुमारी (ओडकी पत्नी) ले जेठ २ गते गायक ओड (७५ झलारी २९ (क) कुमार) विरुद्ध वैवाहिक जबर्जस्ती करणीको मुद्दा दायर गरेकी थिइन् ।

‘नेपाल आइडल सिजन २’का विजेता समेत रहेका गायक ओडलाई वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले चैत्र २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्