समाचार

मलामी चढेको गाडी दुर्घटना, ७ जनाको मृत्यु

१८ पुष २०७८, आईतवार ०७:०३
मलामी चढेको गाडी दुर्घटना, ७ जनाको मृत्यु

१८ पुस, बुटवल । बुटवलबाट रिडितर्फ शव बोकेर जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा ८ जना घाइते भएका छन् ।

आइतबार बिहान शव लिएर जाँदै गरेको लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ७ जना घाइतेलाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्