नेपाली चलचित्र

फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउँदै

१ श्रावण २०८१, मंगलवार ०३:२८
फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउँदै

पोखरा। राजु गिरी निर्देशित फिल्म ‘ईश्वर’ साउन ११ गतेदेखि प्रदर्शनमा आउने भएको छ। सामाजिक कथामा आधारित भएर तयार पारिएको फिल्म देशभर एकसाथ प्रदर्शन हुन लागेकोे हो।

उनै ध्रुव अहिले देश फर्किएर फिल्ममा जोडिएका छन् । उनले अभिनय गरेको फिल्म ‘इश्वर’ प्रदर्शन तयारीमा छ । फिल्मको शीर्ष भूमिकामा देखिएका थापाले अभिनेत्री कृष्टि गुरुङसँग गीत ‘पुरा भयो सपना मेरो’मा नाचेका छन् । केही दिनअघि सार्वजनिक यो गीतलाई अहिले युट्युवमा रुचाइएको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिकाको याङ्जाकोटमा छायंकन भएको फिल्ममा झन्डै दुई करोड रुपैयाँ लगानी गरेको निर्माण पक्षले जानकारी दियो।

फिल्ममा माओत्से गुरुङ, ध्रुव थापा, कृस्टि गुरुङसँगै सुनिल थापा, बुद्धि तामाङ, अनु शाह, सविन बास्तोला, पृथ्वीराज प्रसाई, रवीन्द्र झा, कृष्टि गुरुङ, पृथ्वीराज प्रसाईं, शिशिर वाङ्देल, गीता अधिकारी लगायतका कलाकारको अभिनय छ।

फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ। फिल्मको प्रस्तुतकर्ता लक्ष्मी कुँवर हुन्। अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी छ। रामेश्वर हुमागाईंको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। फिल्मको वितरण आरआर फिल्मसले गर्दैछ।

प्रतिक्रिया दिनुहोस्