जीवनशैली

पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

१ श्रावण २०८१, मंगलवार ०२:४८
पशुपतिनाथमा भक्तजनको बिहानैदेखि घुइँचो

१ साउन, काठमाडौं। आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ ।

अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ ।

अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ । यस वर्ष साउन महिनामै पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम राखिएकाले भिडभाड अझै बढ्ने अनुमान छ ।

कोषले गत असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको भए पनि साउनमा आउने भक्तजनका लागि सहज होस् भन्ने उद्देश्यका साथ पशुपतिनाथका चारै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताए।

प्रतिक्रिया दिनुहोस्