समाचार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

१८ पुष २०७८, आईतवार ०६:५३
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने

१८ पुस, काठमाडौं । माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । आठौं राष्ट्रिय महाधिवेशनको आठौं दिनमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा स्थायी समितिको बैठक बसेको हो ।

आगामी कार्यकालका लागि पार्टीको केन्द्रीय सदस्यको नाम टुंगो लगाउन बैठक बसेको हो।  आज दिउँसो १ बजे पदाधिकारीसहित केन्द्रीय समिति घोषणा गर्ने तयारी छ।

८ प्रदेशबाट प्राप्त नामावली अनुमोदन गर्नेगरी केन्द्रीय सदस्यको नाम टुंगो लगाउने प्रयास भइरहेको छ।  दिँउसो १ बजेसम्म निर्वाचन कार्यतालिका स्थगित गरेर पार्टीको केन्द्रीय समिति सर्वसम्मत बनाउने प्रयासमा लागेका अध्यक्ष प्रचण्डले विभिन्न प्रदेशवाट आएका समावेशी नाममा नेताहरुसँग छलफल गरेका छन् ।

पहिले २९९ सदस्यीय केन्द्रीय समिति र निर्वाचित भएको केन्द्रीय समितिले पदाधिकारी चयन गर्ने माओवादीको विधानको ब्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्