मुख्य समाचार

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

३१ असार २०८१, सोमबार ०७:०१
नवनियुक्त प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनियताको शपथ

३१ असार, काठमाडौं। प्रधानमन्त्री केपी ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार मध्यान्ह शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई प्रधानमन्त्री पदको शपथ ग्रहण गराएका हुन् ।

ओलीलाई राष्ट्रपति पौडेलले आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नेपाली कांग्रेससहितको समर्थनमा संविधानको धारा ७६ (२) अनुसार ओली प्रधानमन्त्री नियुक्त भएका हुन् ।

शपथ समारोहमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानन्यायाधीश लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्